कायममुकायम प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटवार्ता

१. आज मिति २०७८ भाद्र १६ गते कायममुकायम प्रधान सेनापति रथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र ईजरायलका महामहिम राजदुत His Excellency Mr. Hanan Goder बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

२. प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।