प्रधान सेनापतिबाट पदबहाली गरे पछी सकल दर्जालाई पहिलो सम्बोधन

१. आज मिति २०७८ भाद्र २५ गते नवनियुक्त प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जंगी अड्‍डास्थित सभामण्डपमा सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको छ । सम्बोधनको क्रममा वहाँले आफ्ना प्राथमिकताहरु र आगामि कार्यदिशाका बारेमा जानकारी गराउनुका साथै सकलदर्जाहरुलाई निर्देशन दिनु भएको थियो । वहाँको सम्बोधनको मुख्य मुख्य बुँदाहरु यसैसाथ संलग्न गरी पठाईएको व्यहोरा समेत जानकारी गराउँदछौं । 

२. नेपाली सेनाका सबै युनिटहरुमा Live Multicast गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिती रहेको थियो । सम्बोधन कार्यक्रम पश्‍चात वहाँले "Leaders' Reading Collection-2078" संग्रहको विमोचन गर्नु भई उक्त संग्रहको उत्कृष्ट लेखकहरुलाई पुरस्कार तथा प्रमाण-पत्र समेत वितरण गर्नु भएको थियो ।

३. उक्त सम्बोधन पूर्व पदबहालीको शुभ अवसरमा जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच भिन्न क्षमता भएका नेपाली सेनाका सवारी चालक अनुमति प्राप्त ७ जना सकलदर्जालाई चारपाङ्‍ग्रे स्कुटर तथा सवारी चालक अनुमति नभएका १९ जनालाई जनही रु.१ लाख ४० हजारका दरले आर्थिक राहत समेत वितरण गर्नु भएको थियो ।