नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

१. नेपाली सेनाले मध्यपश्चिमाञ्चल क्षेत्रको हुम्ला जिल्लामा अल्पकालीन राहत कार्यक्रमको योजना अनुसार आज मिति २०६८ आश्विन २५ गतेबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । २. हुम्लाको सिमिकोटस्थित शिविरबाट पुरुष ३७८, महिला ३२७ तथा बालबालिका २६५ गरी जम्मा ९७५ जनाको स्वास्थ्य परिक्षण गरी औषधिसमेत वितरण गरिएको छ । स्थानीय बासिन्दाहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यका साथ सञ्चालित उक्त शिविर ऐ.२७ गतेसम्म र मुगुको ताल्चा विमानस्थलमा ऐ.२८ देखि ३० गतेसम्म सञ्चालन गर्ने कार्यक्रम रहेको छ । ३. स्वास्थ्य शिविर सञ्चालन गर्नको लागि छाउनीस्थित श्री वीरेन्द्र अस्पतालबाट आवश्यक औषधि तथा नौजना डाक्टर अधिकृतलगायत फर्माशिष्ट, सैनिक उपचारिका तथा नर्सिङ्ग अर्दलीसहितका १७ स्थास्थ्यकर्मी खट्टिएका छन् । सो शिविरमा नाक, कान, घांटी, डेण्टल सर्जरी, स्त्री रोग, आंखा, बाल रोग लगायतका रोगका बिशेषज्ञ चिकित्सकहरु समेत रहेका छन ।