प्रधान सेनापति र चिनियाँ महामहिम राजदूतबीच भेटवार्ता

१.    आज मिति २०७८ आश्विन ०६ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र चीनका महामहिम राजदूत Her Excellency Ms. Hou Yanqi बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

२.    प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।