'प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८' सम्पन्न

१. मिति २०७८ आश्विन ०७ गतेबाट सञ्चालन भएको दुई दिवसीय 'प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८' आज मिति २०७८।०६।०८ गते जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित एक समारोहकाबीच सम्पन्न भएको छ । 

२. उक्त समारोहमा समापन मन्तव्य राख्नु हुँदै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले नेपाली सेनाको क्षमतामा अभिवृद्धिका साथै तालिम तथा कल्याणकारीमा जोड दिई उच्च मनोबल सहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने बताउनु भएको थियो ।

३. नियमित रुपमा सञ्चालन हुने यस प्रकारको उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषयवस्तुहरुमाथि भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमूल्य राय सुझावहरुले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।