प्रधान सेनापति र पाकिस्तानी कार्यबाहक राजदूतबीच भेटवार्ता

१.    आज मिति २०७८ आश्‍विन १३ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका कार्यबाहक राजदूत His Excellency Mr. Adnan Javed Khan बीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

२.    प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।