प्रधान सेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता

१. आज मिति २०७८ आश्‍विन १४ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि (United Nations Resident Coordinator-UNRC) Ms. Sara Beysolow Nyanti बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

२. उक्त भेटवार्ताको दौरान संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघ बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।