नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविरबारे थप विवरण

१. नेपाली सेनाद्वारा हुम्लामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । उक्त शिविरबाट आजै नाक र जिब्रोको दुई जना विरामीको शल्यक्रिया समेत गरिएको छ । २. मिति २०६८ आश्विन २५ गतेदेखि आजसम्म सञ्चालित उक्त शिविरबाट पुरुष १,२९७, महिला ९८६ तथा बालबालिका ५११ गरी जम्मा २,७९४ जनाको स्वास्थ्य परिक्षण गरी औषधिसमेत वितरण गरिएको छ । परिक्षण गरिएको विरामीहरुमध्ये अधिकांश हाडजोर्नी, आँखा, छालासम्बन्धि एवं जुकाबाट पीडित बिरामीहरु रहेका थिए । ३. भोलि मिति २०६८ आश्विन २८ गतेबाट ऐ.३० गतेसम्म मुगुको ताल्चा विमानस्थलमा शिविर सञ्चालन गरिने योजना रहेको छ । छाउनीस्थित श्री वीरेन्द्र अस्पतालका बिशेषज्ञ चिकित्सकहरु सम्मिलित उक्त स्वास्थ्य शिविर मध्यपश्चिमाञ्चल क्षेत्रको हुम्ला तथा मुगु जिल्लामा अल्पकालीन राहत कार्यक्रमको योजनाअनुसार स्थानीय बासिन्दाहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यका साथ सञ्चालन गरिएको हो ।