मित्रराष्ट्र भारतको National Defense Course को भ्रमणदलद्वारा जंगी अड्‍डा भ्रमण

१. मिति २०७८ आश्विन ३१ गतेदेखि नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र भारतको National Defense Course-2021 को भ्रमणदलले आज मिति २०७८ कार्तिक ०२ गते जंगी अड्‍डामा भ्रमण गरेको छ ।

२. जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त भ्रमणदलका Head of the Delegation, Rear Admiral Dhiren Vig सँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नु भएको थियो । तत्पश्चात नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण र अन्तरकृयाको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको शुरुवातमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाका बीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षिय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । 

३. आजै एक फरक कार्यक्रममा भ्रमणदलमा सहभागी Faculty Member तथा तालिमरत शिक्षार्थीहरुका श्रीमतीहरुलाई सैनिक श्रीमती संघको कार्यालय, भद्रकालीमा स्वागत तथा शिष्टाचार भेटवार्ताको कार्यक्रम समेत आयोजना गरिएको थियो ।

४. उक्त भ्रमणदलले आजै माननीय रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीज्युहरुसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

५. अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरु समेत समावेश भएको उक्त भ्रमणदल मिति २०७८ कार्तिक ०६ गते भारत फिर्ता हुने कार्यक्रम रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।


Indian National Defense Course -2021 Visits Nepali Army Headquarters

1. The National Defense Course-2021 of India, visited Nepali Army Headquarters today as a part of their 7 day long visit of Nepal. 

2. During the visit, Chief of the Army Staff General Prabhu Ram Sharma held a courtesy meeting with the Head of the Delegation, Rear Admiral Dhiren Vig in his office. A presentation was also made to the delegation on various issues related to the Nepali Army followed by an interaction with the senior generals of the Nepali Army led by Lieutenant General Balkrishna Karki, the Vice Chief of Army Staff. 

3. Gen Sharma in his welcome remarks expressed confidence that such visits play a key role in strengthening the existing ties between the two Armies and subsequently in addressing issues of bilateral security concern.

4. In a different program organized today, the spouses of the visiting faculty members and students were welcomed at the office of the Nepali Army Wives Association, Bhadrakali. 

5. The visiting delegation is scheduled to have courtesy meeting with the Honorable Minister of Defense, Minister of Finance and Minister of Foreign Affairs later today.

6. The delegation, which includes students from Australia, Bhutan, Maldives and Sri Lanka, is scheduled to return to India on 23rd October, 2021 upon completion of the visit.