प्रधान सेनापति र युरोपेली संघ प्रतिनिधिमण्डलका महामहिम राजदूतबीच भेटवार्ता

१. आज मिति २०७८ कार्तिक ०४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका महामहिम राजदूत Her Excellency Ms. Nona Deprez बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

२. प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।