संयुक्त राष्ट्रसंघ दिवस (UN DAY) को अवसरमा नेपाली सेनाद्वारा विशेष कार्यक्रमको आयोजना

१.    संयुक्त राष्ट्रसंघको स्थापना भएको दिन अर्थात UN Day को अवसर पारेर नेपाली सेनाले आज मिति २०७८ कार्त्तिक ०७ गते (तदानुसार 24th October, 2021) श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालको प्रमुख आतिथ्य एवं संयुक्त राष्ट्रसंघीय शान्ति कार्यमा संलग्न हुने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागितामा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

२.  उक्त कार्यक्रममा अतिथीहरुबाट विश्‍व शान्ति स्थापनाको सिलसिलामा वीरगती प्राप्त गरेका शान्ति सैनिकहरुको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो । कार्यक्रमकै दौरान Peacekeeping सम्बन्धि योगदान, Trends/Challenges र समन्वयको विषयमा श्री शान्ति कार्य निर्देशनालयको प्रस्तुतिकरणका साथै शान्ति स्थापना कार्य सम्बन्धि अन्तर्क्रिया एवं छलफलको कार्यक्रम आयोजना गरिएको थियो ।

३.   कार्यक्रमको दौरान शान्ति स्थापना कार्यमा खट्टिएको अवस्थामा वीरगति प्राप्त गर्नु भएका स्व. प्र.से. श्री कविन्द्र जंग थापालाई प्रदान भएको "Dag Hammarskjold Medal" उहाँको परिवारले नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको थियो भने वहाँको परिवारलाई नेपाली सेनाद्वारा कदरपत्र प्रदान गरिएको थियो ।

४.  उक्त कार्यक्रमलाई मुख्य अतिथि रक्षा मन्त्री डा. रिजालले विशेष सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा रक्षा सचिव श्री बेगेन्द्रराज शर्मा पौड्याल, परराष्ट्र सचिव श्री भरतराज पौड्याल, सबै सुरक्षा निकायका प्रमुखहरु, विभिन्न देशका राजदूतहरु, संयुक्त राष्ट्र संघका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु लगायत नेपाली सेनाबाट विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।