प्रधानसेनापतिद्वारा शान्ति स्थापनार्थ इराक खट्टिई जाने फौजको निरीक्षण

१. आज मिति २०६८ आश्विन २७ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ United Nations Assistance Mission for Iraq (UNAMI) इराकमा तैनाथ हुन जाने UNAMI Guard Unit-I द्वारा काठमाडौंको लक्ष्मीनिवासस्थित श्री नं.१० बाहिनी अड्डामा प्रस्तुत गरिएको Pre-Deployment तालिमको निरीक्षण गर्नुभयो । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा इराकमा खट्टिई जाने शान्ति सैनिकहरुलाई दिइएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा विगतमा नेपाली सेना तैनाथ मुलुकहरुमा नेपाली शान्ति सैनिकहरुले देखाएको पेशागत दक्षता तथा कर्तव्यनिष्ठता सर्वत्र प्रशंसनीय रहेको र आगामी दिनमा पनि हरेक चुनौतीको सामना गर्न नेपाली सेनाले आपूmलाई एक सुयोग्य र कर्मठ प्रतिरक्षकको रुपमा प्रस्तुत गर्नसक्ने कुरा उल्लेख छ । ३. सोही अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले शान्ति सैनिकहरुलाई सम्बोधन गर्नुहुंदै निःस्वार्थ भावनाले अनुशासित भई ज्यानको समेत पर्वाह नगरी नेपाल र नेपाली सेनाको नाम उच्च राख्ने जस्ता प्रशंसनीय कार्य गर्ने सकल दर्जालाई कदर गरिदै आएको बारे जानकारी गराउनु भयो । ४. उक्त कार्यक्रममा रक्षासचिव श्री नविन घिमिरे, बलाध्यक्ष रथी श्री गौरव शम्शेर ज.ब.रा.लगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । ५. नेपाली सेनाले पहिलो पटक सहभागिता जनाउन लागेको सो मिशनमा सम्मिलित शान्ति सैनिकहरु आगामी २०६८ कार्तिक महिनाको पहिलो साताबाट मिशन इलाकातर्फ प्रस्थान गर्ने योजना रहेको छ ।