UNITED NATIONS DISENGAGEMENT OBSERVER FORCE सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

१. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउदै आईरहेको छ । 

२. सोही अनुरुप मिति २०७८ कार्त्तिक १९ गते UNITED NATIONS DISENGAGEMENT OBSERVER FORCE सिरियामा तैनाथ श्री फोर्स हे.क्वा. सर्पोट युनिट (शा.से.) दशौं डफ्फा, श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शा.से.) पाँचौ डफ्फा, श्री ईन्जिनियर से.मु. (शा.से.) छैठौं डफ्फा, श्री लेवल १ (+) अस्पताल (शा.से.) तेश्रो डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट (शा.से.) दोश्रो डफ्फामा सहभागि हुनको लागि सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको नफ्री UTAIR Russia को Flight No. UTA9116 मार्फत काठमाडौंबाट शुक्रबार ०९०० बजे प्रस्थान गरेका छन् ।

३.   कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड-१९ प्रोटोकलहरूको पालना गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।