सैनिक श्रीमती संघको ३८ औं बार्षिक उत्सव सम्पन्न

१. सैनिक श्रीमती संघको ३८ औं बार्षिकोत्सव समारोह विशेष पूजा अर्चना, झण्डोत्तोलनलगायत विविध कार्यक्रमहरुको आयोजना गरी आज मिति २०७८ कार्तिक २२ गते सम्पन्न भएको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त समारोहमा प्रधान सेनापति महारथी शर्मा र संघकी अध्यक्ष सुनिता शर्माद्वारा सैनिक श्रीमती संघको बार्षिक मुखपत्र ‘सेवा सुमन’ को विमोचन समेत गर्नु भएको थियो ।

२. उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतलगायत सैनिक श्रीमती संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।