प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग Chiefs of Defense Conference मा सहभागी हुन संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग संयुक्त राज्य अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्ड (US PACOM) द्वारा मिति २०६८ आश्विन ३० गतेदेखि मिति २०६८ कार्तिक ०३ गते (तदनुसार 17-20 October 2011) सम्म अमेरिकाको होनोलुलु, हवाईमा "Multi-Lateral Approaches to Maritime Security (MARSEC) in Asia-Pacific" विषयमा आयोजना हुने 14th Annual Chiefs of Defense (CHOD) Conference मा भाग लिन मिति २०६८ आश्विन २९ गते अपरान्ह त्यसतर्पm प्रस्थान गर्नुभयो । २. उहाँलाई बलाध्यक्ष रथी श्री गौरव शम्शेर ज.व.रा.ले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा हार्दिक विदाई गर्नु भएको थियो । सो अवसरमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको थियो । ३. सम्मेलन एशिया प्रशान्त क्षेत्रमा वहुपक्षीय सामुन्द्रिक सुरक्षा सहयोग, जापानमा गएको महाभूकम्पबाट सिक्नुपर्ने पाठ, दैवी प्रकोप तथा प्रकोप व्यवस्थापनलगायतका विषयमा प्रस्तुतीकरण, अन्तरक्रिया तथा बृहत छलफलमा केन्द्रित रहने छ । एशिया प्रशान्त क्षेत्रका २७ मुलुकका सेना प्रमुखहरु सहभागी हुने सम्मेलनलाई प्रशान्त क्षेत्रीय कमाण्डका Commander Admiral Robert Willard ले सम्बोधन गर्नु हुनेछ । सम्मेलनको दौरान सहभागिहरुबीच द्विपक्षीय तथा वहुपक्षीय बिषयहरुमा छलफल हुने कार्यक्रमसमेत रहेको छ । ४. प्रधानसेनापति महारथी श्री गुरुङ्गको अनुपस्थितीमा बलाध्यक्ष रथी श्री गौरव शम्शेर ज.व.रा.ले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । ५. सम्मेलनमा उहाँकी धर्मपत्नी श्रीमती कमला गुरुङ्ग तथा स्टाफ अधिकृत सम्मिलित हुनुहुन्छ । उहाँहरु मिति २०६८ कार्तिक ०९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।