प्रधान सेनापतिको विभिन्न भारतीय पदाधिकारीहरुसँग शिष्टाचार भेट

१. मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी प्रभुराम शर्माले मिति २०७८ कार्तिक २५ गते (तदनुसार ११ नोभेम्बर २०२१) भारतका माननीय रक्षा मन्त्री राजनाथ सिंह, माननीय विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको छ ।

२. उक्त शिष्टाचार भेट पश्चात आज नै प्रधान सेनापति महारथी शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण समेत गर्नु भएको थियो । उहाँलाई उक्त अवसरमा कलेजको  “Wall of Honor” मा induct  गरी सम्मानित गरिएको थियो । यसरी “Wall of Honor” मा induct  हुने सम्मान प्राप्त गर्ने उहाँ पहिलो व्यक्ति हुनु हुन्छ । यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उक्त कलेजका Alumni हरुलाई मात्र दिइने गरिन्छ । महारथी शर्माले सन २०१३ मा उक्त कलेजबाट National Defense Course (NDC) गर्नु भएको थियो ।