प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

१. प्रधान सेनापति महारथी प्रभुराम शर्माले मिति २०७८ मंसिर ०५ गते सुर्खेतस्थित श्री पश्‍चिम कमाण्ड हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ । भ्रमणको दौरान वहाँले कमाण्ड हे.क्वा.मा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरुसँगको समन्वय तथा सामुहिक तालिम संचालनको अवस्था लगायतका विषयहरुमा जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले कर्णाली प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल समेत गर्नु भएको थियो ।  

२. तीन दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति महारथी शर्माले मिति २०७८ मंसिर ०६ गते कालिकोटस्थित श्री शम्शेर गुल्म, हुम्लास्थित श्री बराहदल गुल्म र मुगुस्थित श्री श्रीबक्स गुल्मको निरीक्षण तथा मिति २०७८ मंसिर ०७ गते जुम्लास्थित श्री नं.२४ बाहिनी अड्‍डा र डोल्पास्थित श्री रामवाण गुल्मको निरीक्षण भ्रमण सम्पन्‍न गरी काठमाण्डौं फिर्ता हुने योजना रहेको छ ।