UNITED NATIONS DISENGAGEMENT OBSERVER FORCE (UNDOF), SYRIA मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

१. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउदै आईरहेको छ । 

२. सोही क्रममा मिति २०७८ मंसिर ०७ गते UNITED NATIONS DISENGAGEMENT OBSERVER FORCE (UNDOF) मा तैनाथ श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शा.से.) चौथो डफ्फा, श्री ईन्जिनियर से.मु. (शा.से.) पाचौं डफ्फा, श्री लेवल १ (+) अस्पताल (शा.से.) दोश्रो डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट (शा.से.) पहिलो डफ्फालाई बदली गर्नको लागि श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शा.से.) पाचौं डफ्फा, श्री ईन्जिनियर से.मु. (शा.से.) छैठौं डफ्फा, श्री लेवल १ (+) अस्पताल (शा.से.) तेश्रो डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट (शा.से.) दोश्रो डफ्फाको अन्तिम फ्लाईटमा सेनानी राधाकृष्ण खड्काको नेतृत्वमा १९२ जना नेपाली शान्ति सैनिक UN Chartered Flight मार्फत काठमाण्डौंबाट आज ०८३५ बजे मिशन ईलाका सिरियातर्फ प्रस्थान गरेका छन् । 

३.   कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको व्यहोरा समेत जानकारी गराइन्छ ।