प्रधान सेनापति र स्विट्जरल्याण्डका महामहिम राजदूतबीच भेटघाट

१. प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत Her Excellency Ms. Elisabeth von Capeller Oswald बीच आज मिति २०७८ मंसिर ०८ गते जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । 

२. प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।