UNITED NATIONS MULTIDIMENTIONAL INTEGRATED STABILIZATION MISSION IN THE CENTRAL AFRICAN REPUBLIC (MINUSCA) मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली शूरु

१. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउदै आईरहेको छ । 

२. सोही क्रममा मिति २०७८ मंसिर ०९ गते UNITED NATIONS MULTIDIMENTIONAL INTEGRATED STABILIZATION MISSION IN THE CENTRAL AFRICAN REPUBLIC (MINUSCA) मा तैनाथ श्री रणशेर गण (शान्ति सेना)-High Readiness Protection Battalion (HRPB) तेश्रो डफ्फालाई बदली गर्नको लागि श्री जबरजंग गण (शान्ति सेना)-High Readiness Protection Battalion (HRPB) चौथो डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी राजेश बिक्रम शाहीको नेतृत्वमा २०९ जना नेपाली शान्ति सैनिक UN Chartered Flight मार्फत काठमाण्डौंबाट बूधबार २२३० बजे मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् । 

३.   कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको व्यहोरा समेत जानकारी गराइन्छ ।