सि.सं.१७ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ

  • १. आज मिति २०६७ साल जेष्ठ ३१ गते बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित एक कार्यक्रमका बीच सि.सं.१७ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गर्नुभयो ।
  • २. उक्त तालिममा नेपाली सेनाका सेनानी २८, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक १, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ तथा विदेशी शिक्षार्थीहरुमा मित्रराष्ट्रहरु भारतका प्रमुख सेनानी १, चीनका सेनानी २, बंगलादेशका सेनानी १, पाकिस्तानका सेनानी १, श्रीलंकाका सेनानी १ गरी जम्मा ३६ जना शिक्षार्थी अधिकृतहरु सम्मिलित रहेका छन् ।
  • ३. कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै बलाध्यक्ष रथी सिंहले भन्नुभयो “अधिकृतहरुको पेशागत् ज्ञान र शैक्षिक योग्यताको जगको रुपमा स्थापित यस कमाण्ड तथा स्टाफ कलेजमा पहिलो पटक अन्तर्राष्ट्रिय शिक्षार्थीहरुको सहभागिताले गर्दा तालिममा रोचकता बढ्नुका साथै एकआपसमा भएका ज्ञान र अनुभव आदान प्रदान गर्ने अवसर प्राप्त भएको छ । यस तालिमले दुई देशका सेनाबीचको सद्भावपूर्ण सम्बन्धलाईसमेत टेवा पुग्ने देखिन्छ । वर्तमान परिप्रेक्ष्यमा निजामति–सैनिक सम्बन्ध, सास्कृतिक संवेदनशीलता, सञ्चारमाध्यमहरुसँगको सम्बन्ध जस्ता बिषयबस्तुहरुलाई प्राथमिकताका साथ तालिममा समावेश गरी भविष्यका नेतृत्वकर्ताहरुले आफुमा भएको ज्ञानलाई अझ परिस्कृत र परिमार्जित गर्दै लग्नुपर्ने देखिन्छ ।”
  • ४. हालसम्म उक्त कलेजबाट नेपाली सेनाका ५३९, सशस्त्र प्रहरी बलका १०, नेपाल प्रहरीका ३ र राष्ट्रिय अनुसन्धान बिभागका ५ गरी ५५७ जना अधिकृतहरुले सफलतापूर्वक तालिम सम्पन्न गरिसेकका छन् ।
  • ५. कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका प्राध्यापकहरु, नेपाली सेनाका रथीबृन्दहरु, स्टाफ कलेजका कमाण्डान्ट, शिक्षक अधिकृतहरुलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।