नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविर सम्पन्न

१. नेपाली सेनाद्वारा मुगु जिल्लाको ताल्चा विमानस्थलमा मिति २०६८ आश्विन २८ गतेबाट सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर आज अपरान्ह सम्पन्न भएको छ । २. सो स्वास्थ्य शिविरमा आजै उपचारको लागि आएका ४८९ जना स्थानियहरुको स्वास्थ्य परिक्षण गरी औषधिसमेत वितरण गरिएको छ । ऐ.२८ गतेबाट संचालित उक्त शिबिरबाट जम्मा ३०१७ जनालाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । हुम्ला र मुगुमा गरि २२ जना विरामीहरुको साधारण शल्यक्रिया, १४ जना पुरुषको स्थायी बन्ध्याकरण तथा १०८ जना आँखाका विरामीहरुलाई चश्मा वितरण गरिएको थियो । ३. मध्यपश्चिमाञ्चल क्षेत्रको हुम्ला तथा मुगु जिल्लामा अल्पकालीन राहत कार्यक्रमको योजनाअनुसार स्थानीय बासिन्दाहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यका साथ मिति २०६८ आश्विन २५ गतेदेखि ऐ.२८ गतेसम्म हुम्लामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २,७९४ जना पुरुष, महिला तथा बालबालिकाहरुलाई स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको थियो ।