नेपाली सेनाको बिमान दुर्घटना भएको आशंका

१. नेपालगंजबाट बिमारी लिई काठमाण्डौतर्फ उडेको नेपाली सेनाको आर.ए.एन ४९ आईलेण्डर बिमान आज बेलुकी १९०५ बजेबाट सम्पर्क बिहिन भएको छ । २. नेपाली सेनाका १ सिकिस्त बिमारीलाई लिई नेपालगंजबाट सांझ १८२५ बजे काठमाण्डौ उडेको उक्त बिमानमा चालकदलका २ सदस्य सहित ४ जना यात्रुहरु सहित जम्मा ६ जना यात्रुहरु रहेका थिए । ३. दुर्घटना सम्बन्धमा बिस्तृत जानकारी हासिल गर्ने प्रयास जारी रहेको र थप जानकारी प्राप्त हुनासाथ सार्बजनिक गरिने ब्यहोरा यसै बिज्ञप्तीद्धारा जानकारी गराईन्छ ।