प्रधान सेनापति र पाकिस्तानका महामहिम राजदूतबीच भेटघाट

१. प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका महामहिम राजदूत His Excellency Mr. Syed Haider Shah बीच आज मिति २०७८ माघ २६ गते जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको    छ । 

२. प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।