नेपाली सेना र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता पत्र (MoU) मा हस्ताक्षर

१. श्री नेपाली सेना कृषि विज्ञान संस्थानमा B. Sc. Agriculture कार्यक्रम सञ्चालन गर्नका लागि आज मिति २०७८ माघ २८ गते, जंगी अड्‍डामा आयोजित कार्यक्रममा, नेपाली सेना र त्रिभुवन विश्वविद्यालय अन्तर्गत श्री कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबीच सम्झौता पत्र (MoU) मा हस्ताक्षर भएको छ । 

२. लम्जुङ्ग जिल्लामा तैनाथ श्री नेपाली सेना व्यवसायीक कृषि तथा पशुपालन तालिम केन्द्रलाई नेपाली सेना कृषि विज्ञान संस्थानको रुपमा संचालन गरी स्नातक तहको B.Sc. Agriculture कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अनुरुप सम्पन्न भएको उक्त MoU हस्ताक्षर कार्यक्रममा, नेपाली सेनाका तर्फबाट श्री सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्द कुमार अधिकारीले हस्ताक्षर गर्नु भएको थियो भने श्री त्रिभुवन विश्वविद्यालयका तर्फबाट कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन, प्रा. भार्गव धितालले हस्ताक्षर गर्नु भएको थियो ।