UNSMIL, Libya मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली शुरु

१. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउदै आईरहेको छ । 

२. सोही अनुरुप, आज मिति २०७८ माघ २९ गते UNITED NATIONS SUPPORT MISSION IN LIBYA (UNSMIL) मा तैनाथ श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) तेश्रो डफ्फालाई बदली गर्नको लागि श्री स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाको पहिलो फ्लाईटमा प्र.से. अनन्त बहादुर सिंहको नेतृत्वमा ७० जना नेपाली शान्ति सैनिक UN Chartered Flight, Nepal Airlines मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् । 

३.   कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको व्यहोरा समेत जानकारी गराईन्छ ।