प्रधान सेनापति र UAE का महामहिम राजदूतबीच भेटघाट

१. प्रधान सेनापति महारथी प्रभुराम शर्मा र Embassy of United Arab Emirates (UAE) का महामहिम राजदूत His Excellency Mr. Saeed Hamdan AlNaqbi बीच आज मिति २०७८ फाल्गुन ०२ गते जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । 

२. प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।