Covid-19 Vaccine हस्तान्तरण सम्पन्न

१.   भारतीय सेनाद्वारा नेपाली सेना र नेपालमा बसोबास गर्ने भूतपूर्व भारतीय गोर्खा सैनिकहरु तथा तिनका आश्रित परिवारहरुलाई प्रदान गर्न सहयोग स्वरुप उपलब्ध गराएको १,००,००० (एक लाख) डोज Covid-19 Vaccine 'COVIDSHIELD', आज मिति २०७८/११/१२ गते जंगी अड्‍डामा आयोजित कार्यक्रममा भारतीय सेनाका Lt Gen PN Ananthanarayanan, SM, President Gorkha Brigade ले नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई हस्तान्तरण गर्नु भएको छ ।

२. उक्त हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी कार्कीले यस सहयोगको लागि मित्रराष्ट्र भारत तथा भारतीय सेनालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । यस किसिमको सहयोगबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।