प्रधान सेनापति र भारतीय सेनाका Lt. General PN Ananthanarayanan बीच भेटघाट

१. प्रधान सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका Lt. General PN Ananthanarayanan बीच आज मिति २०७८ फाल्गुण १२ गते जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । 

२. प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।