प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

१. प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज मिति २०७८ फाल्गुण १२ गते सुनसरी जिल्ला, ईटहरीस्थित श्री नं. २ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको दौरान उहाँले उक्त बाहिनी अड्‍डाको वस्तुस्थिति लगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गर्नुका साथै व्यारेक एरिया निरीक्षण तथा सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

२. दुई दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति महारथी शर्माले मिति २०७८ फाल्गुण १३ गते धरानस्थित गल्फ कोर्समा आयोजना हुने "5th Annual Invitation Corporate Golf Tournament" को समुद्‍घाटन तथा सैनिक आवासीय महाविद्यालयको निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।