"7TH COAS OPEN MARATHON AND RUN FOR FUN-2078" प्रतियोगिता सम्पन्न

१. यस बर्षको "सेना दिवस २०७८" को उपलक्ष्यमा मिति २०७८/११/१४ गते नेपाली सेनाद्वारा जंङ्गी अड्‍डास्थित खेल मैदानमा आयोजित सातौँ संस्करणको "COAS Open Marathon and Run For Fun-2078" प्रतियोगिता प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको व्यहोरा जानकारी गराईन्छ ।

२. उक्त प्रतियोगितामा ४२.१९५ किलोमिटर म्याराथन, २१ किलोमिटर हाफ म्याराथन (महिला/पुरुष), विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको १० कि.मि. दौड (महिला/पुरुष) तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विदेशी कुटनीतिक पदाधिकारी र निजामति उच्च पदाधिकारीहरु सम्मिलित ५ किलोमिटर वाकाथन समावेश गरिएको थियो भने प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुन सफल धावकहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

३. साथै, सो प्रतियोगिताको नतिजा यसैसाथ संलग्न परिशिष्ट "क" अनुसार रहेको व्यहोरा समेत जानकारी गराईन्छ ।