'Army Got Talent-2078' प्रतियोगिता सम्पन्‍न

१. "सेना दिवस-२०७८" को अवसरमा नेपाली सेनाद्वारा सञ्चालन गरिएको 'Army Got Talent-2078' प्रतियोगिताको प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा आज मिति २०७८ फाल्गुण १५ गते जंगी अड्डामा आयोजित एक समारोहकाबीच सम्पन्न भएको व्यहोरा जानकारी गराईन्छ ।

२. नेपाली सेनाका सकलदर्जामा रहेको प्रतिभा पहिचान तथा प्रेरणा दिने उद्देश्य अनुरुप आयोजना गरिएको उक्त प्रतियोगितामा कमाण्ड हे.क्वा. तथा अन्तर्गत युनिटहरुबाट बिभिन्न विधामा छनौट भएका २५ जना प्रतियोगीहरु मध्ये केन्द्रिय तहको प्रतिष्पर्धाबाट ११ जनालाई अन्तिम प्रतिष्पर्धाको लागि छनौट गरिएको थियो । केन्द्रिय तहको मुल्याङ्कन समितिको निर्णय अनुसार उत्कृष्ट हुन सफल भएका देहायमा उल्लेखित ६ जना प्रतियोगीहरुलाई प्रधान सेनापति महारथी शर्माले जनही नगद रु. ३०,०००।०० (तीस हजार), ट्रफी तथा प्रमाण-पत्र वितरण गर्नु भएको थियो । साथै, अन्य ५ जना प्रतियोगीहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद रु. १०,०००।०० तथा प्रमाण-पत्र प्रदान गरिएको थियो । 

(क) नृत्यतर्फ- नुदराज अधिकारी

(ख) Live Music (Rap) & B-Boying Dance तर्फ- विशाल थापा मगर

(ग) गायनतर्फ- धनजित राई र राजकुमार आ.म.

(घ) पेन्टिङ्गतर्फ- युवराज रोक्‍का

(ङ) बाध्य बाधनतर्फ- सरोज परियार