हार्दिक समवेदना

१. मिति २०६८ कार्तिक ०१ गते राति बाग्लुङ्ग जिल्लाको बोवाङ्ग, फागुनेधुरी लेकमा भएको बिमान दुर्घटना परी दुःखद निधन भएकाहरुको शव आज अपरान्ह नेपाली सेनाको MI-17 हेलिकोप्टरद्वारा काठमाण्डौं ल्याई पुर्या‍इएको छ । २. हाल शव छाउनीस्थित श्री वीरेन्द्र अस्पताल राखिएको छ । मृत्यु हुनेमा चालकद्धय सेनानी विशालसिंह राठौर एवं दिवाकर कार्की, सह–सेनानी डाक्टर रमिता पाठक, सिपाही केशवसिंह ऐरी, सिपाही मिलन गोतामे र सिपाही केशवसिंह ऐरीका दाजु नेपाल प्रहरीका प्रहरी जवान रघुवीर ऐरी हुनुहुन्छ । ३. भोलि मिति २०६८ कार्तिक ३ गते मृतकहरुको शव पोष्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पश्चात आफन्तहरुलाई बुझाईने साथै श्री बीरेन्द्र अस्पताल छाउनीमा अन्तिम श्रद्धाञ्जलीको व्यवस्था मिलाईएको छ । ४. सो दुर्घटनामा परी निधन भएका व्यक्तिहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनि नेपाली सेना श्री परमेश्वरसँग प्रार्थना गर्दछ ।