नेपाली सेनाको ध्यानाकर्षण

१. विगत केही समय यता सैनिक मूल नेतृत्व एवं नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसंग र अवसरको फोटो तथा भिजुअल क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषयहरु नेपाली सेनासँग जोडी आफ्नो निहित स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्धेश्यले विभिन्न संचारमाध्यमहरु विशेष गरी अनलाईन मिडिया तथा सामाजिक सञ्‍जाल (फेसबुक, टिकटक, आदि) मा नक्कली परिचय बनाई भ्रामक एवं कपोकल्पित समाचार एवं सन्देश सम्प्रेषण भईरहेको प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको   छ । 

२. नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रविन्दुमा राखी संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवं विधि सम्मत चल्ने अराजनैतिक छवि भएको संस्थाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्‍याउने यस किसिमका अनर्गल प्रचार प्रसारहरु प्रति नेपाली सेना खेद प्रकट गर्दछ । यस्ता भ्रमहरुबाट टाढा रहन र अरुलाई पनि टाढा राख्‍न लगाउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।