प्रधान सेनापति र ICRC का Head of Mission, Nepal बीच भेटघाट

१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र काठमाण्डौस्थित International Committee of the Red Cross (ICRC) का Head of Mission, Mr. Sandesh Shrestha बीच आज मिति २०७८ फाल्गुण २३ गते जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ । उक्त भेटघाटमा ICRC का सूचना अधिकारी Mr. Ajaya Yadav को समेत उपस्थिति रहेको थियो ।  

२. प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा, नेपाली सेना र International Committee of the Red Cross (ICRC) बीच शान्ति मिशनलगायत क्षेत्रिय स्तरमा भए-गरेका सहकार्य तथा आपसी समन्वय र सहकार्यका अन्य विविध बिषयहरुमा विचारहरु आदान-प्रदान भएको थियो ।