प्रधान सेनापति र फ्रान्सेली राजदूतबीच भेटघाट

१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र फ्रान्सका महामहिम राजदूत His Excellency Gilles Bourbao बीच आज मिति २०७९ वैशाख १३ गते जंगी अड्डामा भेटघाट भएको छ । उक्त भेटघाटमा फ्रान्सेली सेनाका Brigadier General Geoffroy de Larouzière लगायत अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

२. प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।