प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज मिति २०७९ वैशाख २२ गते पोखरास्थित श्री मध्य कमाण्ड हेडक्वार्टर र रुपन्देही जिल्ला, सालझण्डीस्थित श्री नेपाली सैनिक व्याटल स्कुलको निरीक्षण भ्रमण गर्नु भएको छ । भ्रमणको दौरान वहाँले, कमाण्ड हेडक्वार्टर तथा व्याटल स्कुलको तैनाथीको वर्तमान अवस्था, स्थानीय तह निर्वाचन सुरक्षा लगायत विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । 

२. निरीक्षणकै क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाद्वारा, आसन्न "स्थानीय तह निर्वाचन-२०७९" को सुरक्षार्थ रुपन्देही जिल्लास्थित मझगाँवा ईलाका र तनहुँ जिल्लास्थित रिसिङ ईलाकामा स्थापना गरेको Company Operating Base (COB) को निरीक्षण गर्नुको साथै उक्त ईलाकाको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिनु भई, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु तथा निर्वाचन अधिकृतहरुसँग अन्तरक्रिया गर्नु भएको थियो । साथै, उहाँले COB मा तैनाथ सकलदर्जालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढंगले सम्पादन गर्न समेत निर्देशन दिनु भएको थियो ।