१. नेपाली सेनाको आयोजनामा विभागीय टिम लगायत विभिन्न क्लबका स्वदेशी तथा बिदेशी खेलाडीहरुलाई सहभागी गराई मुस्ताङ्ग जिल्ला, जोमसोम ईलाकामा संचालन भएको अन्तराष्ट्रिय स्तरको "1st COAS International High Altitude Tri-Adventure Competition-2079" प्रतियोगिता आज मिति २०७९ जेठ ०७ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
२. उक्त प्रतियोगितामा १०० मिटर क्लाईम्विङ्ग, ४.७५ कि.मि. दौड र १५.३५ कि.मि. साईक्लिङ्ग गरी ३ (तीन) वटा ईभेण्टहरु समावेश गरि जम्मा दुरी २०.२ कि.मि. रहेको थियो । कुल २२ टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेना, त्रिभुवन आर्मी क्लबको ६ टिम (पुरुष ४ टिम र महिला २ टिम) सहित स्वदेशी १८ टिम (पुरुष १३ टिम, महिला ५ टिम) र अन्तराष्ट्रिय ४ टिम (भारतीय सेना- १ टिम, बंगलादेशी सेना-१ टिम र ब्रिटिस गोर्खा- २ टिम) मा आबद्ध ४४ जना खेलाडीहरुको सहभागीता रहेको थियो ।
३. नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, अन्य सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्वदेशी एवं विदेशी खेल प्रेमी दर्शकहरुको उल्लेख्य उपस्थिती रहेको उक्त प्रतियोगिताको नतिजा परिशिष्ट "क" यसैसाथ संलग्न गरिएको छ ।
४. साथै, उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सफल खेलाडीहरुलाई प्रधान सेनापति महारथी शर्माले पदक, ट्रफि, प्रमाण-पत्र सहित नगद पुरस्कार प्रदान गर्नुका साथै उक्त प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने पोखरास्थित श्री मध्य कमाण्ड हेडक्वार्टर, जोमसोमस्थित श्री नं. २३ बाहिनी अड्डा, श्री उच्च शिखर शिक्षालय र श्री नारायणदल गण तथा गैह्र सैनिक संस्थातर्फ श्री नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र श्री सिटिजन्स बैंक लिमिटेडलाई कदर-पत्र समेत प्रदान गर्नु भएको थियो ।
