हार्दिक श्रद्धाञ्जली

१. मिति २०६८ कार्तिक ०१ गते राति बाग्लुङ्ग जिल्लाको बोवाङ्ग, फागुनेधुरी लेकमा भएको बिमान दुर्घटनामा परी दिवंगत भएका सैनिकहरुको आज मिति २०६८ कार्तिक ३ गते श्री वीरेन्द्र अस्पताल परिसरमा कायम मुकायम प्रधानसेनापति रथी श्री गौरव शम्शेर ज.ब.रा.ले मृतकहरुको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । २. दिवंगत भएका सैनिकहरुलाई सेनाको एक टुकडीले अन्तिम सम्मान अर्पण गरेको थियो । साथै नेपाली सेनाका रथीबृन्द, अधिकृत तथा अन्य दर्जाहरुले समेत मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । ३. दिवंगत भएका सैनिकहरुको शव आजै पोष्टमार्टम र अन्तिम श्रद्धाञ्जली पश्चात आफन्तहरुलाई बुझाइएको छ । ४. सो दुर्घटनामा परी निधन भएका व्यक्तिहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनि प्रधानसेनापति तथा का.मु.प्रधानसेनापतिलगायत समस्त नेपाली सेना परिवार श्री परमेश्वरसँग प्रार्थना गर्दछ ।