प्रधान सेनापति र जापानी राजदूतबीच भेटघाट

१. आज मिति २०७९ जेठ २५ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र जापानका महामहिम राजदूत His Excellency Mr. KIKUTA Yutaka बीच जङ्गी अड्डामा भेटघाट भएको छ । 

२. प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको  छ ।