प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७९ जेठ २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी श्री दिपक कुमार बानियाँ, सहायक रथी श्री होमनाथ दवाडी र सहायक रथी श्री यामप्रसाद ढकाललाई प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज मिति २०७९ जेठ २५ गते जंगी अड्‌डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।  

२. पदोन्नती हुनु भएका उपरथी श्री दिपक कुमार बानियाँ श्री नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, उपरथी श्री होमनाथ दवाडी श्री निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र उपरथी श्री यामप्रसाद ढकाल श्री युद्ध-मद्दती तथा युद्ध-सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति हुनु भएको  छ । 

३. नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा, मन्त्रीपरिषद्को सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नती हुनु भएका २ (दुई) जना महा सेनानीहरुलाई प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।