औपचारिक भ्रमणको क्रममा प्रधानसेनापति चीनतर्फ प्रस्थान

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग मित्रराष्ट्र चीनको चिनियाँ जनमुक्ति सेनाका General Chen Bingde, Member of Central Military Commission, The People's Republic of China, and Chief of the General Staff को औपचारिक निमन्त्रणामा आज मिति २०६८ कार्तिक १३ गते चीनतर्फ प्रस्थान गर्नु भएको छ । २. भ्रमणदलमा उहाँकी धर्मपत्नी श्रीमती कमला गुरुङ्गलगायत छ सदस्य सम्मिलित हुनुहुन्छ । उहाँहरु मिति २०६८ कार्तिक २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । ३. उहाँलाई बलाध्यक्ष रथी श्री गौरव शम्शेर ज.व.रा.तथा नेपालस्थित चिनियाँ दुताबासका Deputy Chief Ms.Wang Lixin ले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा विदाई गर्नु भएको थियो । उक्त विदाई समारोहमा नेपाली सेनाका रथीबृन्द लगायतका नेपालस्थित विदेशी सैनिक सहचारीहरुको समेत उपस्थिति रहेको थियो । ४. प्रधानसेनापति महारथी श्री गुरुङ्गको अनुपस्थितीमा बलाध्यक्ष रथी श्री गौरव शम्शेर ज.व.रा.ले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।