विपद् व्यवस्थापन कार्यशाला गोष्ठी तथा अभ्यास सम्पन्न

  • १. श्री बलाधिकृत विभाग, व्यवस्था तथा युद्धकार्य महानिर्देशनालयको संयोजकत्वमा संचालन भएको विपद् व्यवस्थापन कार्यशाला गोष्ठी तथा अभ्यासको आज मिति २०६७ आषाढ ४ गते जंगी अड्डामा आयोजित एक समारोहका बिच निमित्त बलाधिकृत उपरथी श्री गौरव शम्शेर ज.ब.रा.ले समापन गर्नुभयो ।
  • २. नेपाली सेनाले विपद् व्यवस्थापन कार्य क्षेत्रमा निर्वाह गर्दै आईरहेको भूमिकालाई अझ प्रभावकारी ढंगबाट संचालन गर्न र यस क्षेत्रसंग आवद्ध सम्पुर्ण सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वयात्मक ढंगबाट सहकार्य गरी अझ सक्षम बनाउने उद्देश्यले यही मिति २०६७ जेष्ठ ३१ गतेबाट सो कार्यशाला गोष्ठी तथा अभ्यासको आयोजना गरिएको थियो ।
  • ३. उपत्यका भित्रका विभिन्न स्थानमा कार्यरत ३० जना अधिकृतहरु सम्मिलित उक्त कार्यशाला गोष्ठी तथा अभ्यासको मूख्य लक्ष्य शिक्षार्थीहरुलाई विपद् व्यवस्थापन सम्बन्धी आधारभूत जानकारी गराउनु, नेपाली सेनाको विपद् व्यवस्थापन सम्बन्धी कार्यविधि–२०६६ बारे जानकारी गराउनु, विपद् व्यवस्थापन सम्बन्धी कार्यमा संलग्न सरकारी, गैर सरकारी तथा अन्तर्राष्ट्रिय संघ, संस्था एवम् निकायहरुको भूमिका तथा तिनीहरुसंग गर्नुपर्ने समन्वयबारे जानकारी गराउनु र उद्धार तथा राहत कार्यको दौरान Tactical Level को योजना तर्जुमा गर्नेबारे जानकारी गराउनु रहेको थियो ।
  • ४. उक्त कार्यशाला गोष्ठी र अभ्यासको दौरान विपद् व्यवस्थापन कार्यसंग सम्बद्ध मुख्य मुख्य निकायहरुका प्रतिनिधिहरुलाई आमन्त्रण गरी काठमाण्डौं उपत्यकामा महाभुकम्प गएको परिदृश्यलाई आधार बनाई Simulation अभ्यास समेत संचालन गरिएको थियो ।