प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९ श्रावण १९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी श्री सागर बहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी श्री निरज पौडेललाई प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज मिति २०७९ श्रावण २३ गते जंगी अड्‌डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । पदोन्नती हुनु भएका उपरथी श्री सागर बहादुर थापा श्री कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।

२. सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती हुनु भएका ३ (तीन) जना महा सेनानीहरु र महा सेनानी दर्जामा पदोन्नती हुनु भएका ५ (पाँच) जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।