नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच संयुक्त तालिम “Ex-Balance Nail 22-5530” सञ्चालन हुँदै

१. वि.सं. २०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको "Ex-Balance Nail" विगत सरह नै यस वर्ष उनन्चालिसौँ संस्करण नेपाल सरकार, रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र मित्रराष्ट्र अमेरिकी सेनाको टुकडीबीच मिति २०७९ श्रावण ३१ गतेदेखि मिति २०७९ भाद्र ३१ गते (तदनुसार 16 Aug - 16 Sep 2022)  सम्म संयुक्त अभ्यास "Ex-Balance Nail 22-5530" संचालन हुन गईरहेको व्यहोरा जानकारी गराईन्छ ।

२. नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम/अभ्यास Law of Armed Conflict (LOAC), Military Decision Making Process (MDMP) लगायतका विषयहरुमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्‍चालन गर्ने योजना रहेको छ ।

३. उक्त संयुक्त अभ्यासमा सहभागिताको लागि मित्रराष्ट्र अमेरिकी सेनाको टुकडी Captain Blake Ducatel को कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्री सहित मिति २०७९ श्रावण ३० गते नेपाल आईपुगेको व्यहोरा समेत जानकारी गराईन्छ ।