भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे भाद्र १९ गते नेपाल आउँनु हुँदै

१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे मिति २०७९ भाद्र १९ गते पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आउनु हुने कार्यक्रम रहेको छ । 

२. मिति २०७९ भाद्र १९ गतेबाट ऐ. २३ गते (तदानुसार ४ देखि ८ सेप्टेम्बर, २०२२) सम्म हुने पाँच दिवसीय भ्रमणका दौरान जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हे.क्वा.को भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

३. भ्रमणको मुख्य अंशको रुपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुनेछ । साथै, वहाँले आफ्नो भ्रमणको दौरान सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री श्री शेर बहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।


General Manoj Pande to Arrive on 4th September

1. General Manoj Pande, Chief of the Army Staff, Indian Army will arive in Nepal on 4th September, 2022 for five-day customary visit at the invitation of General Parbhu Ram Sharma, Chief of the Army Staff, Nepali Army.

2. The visit is scheduled from 4th September, 2022 to 8th September, 2022. The main events in his program include paying homage at the martyr’s memorial in the Army Pavilion, receive an guard of honor at the Army Headquarters, hold office meeting with his counterpart General Prabhu Ram Sharma, handover various non-lethal military items to Nepali Army, interaction with the student officers at Army Command and Staff College, Shivapuri and visit to Mid-Command Headquarter, Pokhara.

3. The main highlight of the visit will be the conferment of the rank of an Honorary General of the Nepali Army to General Pande by Rt. Honorable President of Nepal Mrs. Bidhya Devi Bhandari. General Pande is also scheduled to meet with Rt. Honorable Prime Minister and Defense Minister Mr. Sher Bahadur Deuba during his visit.