मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पांडेको नेपाल आगमन

१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पांडे (General Manoj Pande PVSM, AVSM, VSM, ADC) पाँच दिने औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०७९ भाद्र १९ गते काठमाण्डौं आईपुग्नु भएको छ । पाँच सदस्यीय भ्रमणदलमा उहाँकी धर्मपत्नी तथा भारतीय सेनाको Army Wives Welfare Association (AWWA) की अध्यक्ष श्रीमती अर्चना पांडे पनि आउनु भएको छ । उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री बालकृष्ण कार्की र श्रीमती मनिषा कार्कीले स्वागत गर्नु भएको    थियो । 

२. पाँच दिवसीय भ्रमणको क्रममा जनरल पांडेलाई मिति २०७९ भाद्र २० गते (तदानुसार 05 September, 2022) राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । 

३. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


General Manoj Pande, Chief of the Army Staff, Indian Army Arrives in Nepal

1. General Manoj Pande,  PVSM, AVSM, VSM, ADC, Chief of the Army Staff, Indian Army, along with his delegation team, arrived in Nepal today (04 September 2022) for a five-day customary visit. He is here on the invitation of General Prabhu Ram Sharma, Chief of the Army Staff, Nepali Army. Mrs. Archana Pande, the chairperson of the Army Wives Welfare Association (AWWA) of the Indian army is accompanying the General. They were received by the Vice Chief of Army Staff (VCOAS), Lieutenant General Bal Krishna Karki and Mrs. Manisha Karki at the Tribhuvan International Airport.

2. General Pande is scheduled to be conferred upon the rank of an honorary General of the Nepali Army by Rt. Honorable President of Nepal Mrs. Bidya Devi Bhandari, on 05 September.

3. Nepali Army believes that the exchange of such high-level visit and continuation of tradition helps in strengthening relations between the two militaries and the two countries.