प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग संयुक्त राज्य अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्ड (US PACOM)द्वारा अमेरिकाको होनोलुलु, हवाईमा "Multi-Lateral Approaches to Maritime Security (MARSEC) in Asia-Pacific" विषयमा आयोजना भएको 14th Annual Chiefs of Defense (CHOD) Conference मा भाग लिई आज मिति २०६८ कार्तिक ०९ गते अपरान्ह स्वदेश फिर्ता हुनुभएको छ । २. उहाँलाई कायम मुकायम प्रधानसेनापति रथी श्री गौरब शम्शेर ज.ब.रा. तथा नेपालस्थित अमेरिकी राजदुताबासका First Secretary Mr. Timothy P. Trenkle ले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति समक्ष सम्मान गारत अर्पण गरेको थियो । उक्त स्वागत समारोहमा नेपाली सेनाका रथीबृन्द लगायतका नेपालस्थित विदेशी सैनिक सहचारीहरुको समेत उपस्थिति रहेको थियो । ३. मिति २०६८ आश्विन ३० गतेदेखि मिति २०६८ कार्तिक ०३ गते (तदनुसार 17-20 October 2011) सम्म सञ्चालन भएको उक्त सम्मेलनमा एशिया प्रशान्त क्षेत्रमा वहुपक्षीय सामुन्द्रिक सुरक्षा सहयोग, जापानमा गएको महाभूकम्पबाट सिक्नुपर्ने पाठ, दैवी प्रकोप तथा प्रकोप व्यवस्थापनलगायतका विषयमा प्रस्तुतीकरण, अन्तरक्रिया तथा बृहत छलफलमा केन्द्रित रहेको थियो । एशिया प्रशान्त क्षेत्रका २७ मुलुकका सेना प्रमुखहरु सहभागी भएको सम्मेलनको दौरान सहभागिहरुबीच द्विपक्षीय तथा वहुपक्षीय बिषयहरुमा छलफलसमेत भएको थियो ।