भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेको औपचारिक भ्रमण सम्पन्‍न

१. प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पांडे (General Manoj Pande PVSM, AVSM, VSM, ADC) तथा श्रीमती अर्चना पांडे पाँच दिने औपचारिक भ्रमण सम्पन्‍न गरी आज मिति २०७९ भाद्र २३ गते स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री बालकृष्ण कार्की र श्रीमती मनिषा कार्कीले बिदाई गर्नु भएको थियो ।  

२.    नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने विशिष्टिकृत एवं ऐतिहासिक परम्पराको निरन्तरता स्वरुप मिति २०७९ भाद्र २० गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुनु भएको  थियो । सोही दिन जनरल पांडेको सम्मानमा नेपाली सेनाका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जङ्गी अड्डामा रात्रीभोज आयोजना गर्नु भएको थियो । उक्त रात्रीभोजमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरु तथा पूर्व प्रधान सेनापतिहरुको समेत उपस्थिति रहेको थियो । 

३.    भ्रमणकै दौरान, जङ्गी अड्‍डामा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको थियो । 

४. भारतीय स्थल सेनाध्यक्ष जनरल पांडेले आफ्नो भ्रमणको दौरान सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री श्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गर्नु भएको थियो । साथै, उहाँ जङ्गी अड्‍डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सरिक हुनु भएको थियो भने उहाँले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हे.क्वा.को समेत भ्रमण गर्नु भएको थियो ।

५.  यस भ्रमणले दुई देशबीच रहंदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।



General Manoj Pande Returns After Completing a Successful Visit


1. General Manoj Pande, PVSM, AVSM, VSM, ADC, Chief of the Army Staff, Indian Army and Mrs Archana Pande returned home today after concluding a successful five-day official visit to Nepal. Vice Chief of Army Staff (VCOAS) Lieutenant General Bal Krishna Karki and Mrs Manisha Karki bade farewell to General Pande and Mrs Pande at Tribhuvan International Airport (TIA). General Pande had arrived in Kathmandu on 04 September 2022 on the official invitation extended by COAS General Prabhu Ram Sharma.

2. General Pande, was conferred the rank of Honorary General of the Nepali Army by The Right Honourable President Mrs Bidya Devi Bhandari on 05 September. On the same day, Chief of the Army Staff, General Prabhu Ram Sharma hosted a banquet dinner, in honour of General Pande at the Army Headquarters. Secretaries from the Ministry of Defense, Ministry of Foreign Affairs and Former Chiefs of the Army Staff, Nepali Army were also present during the dinner. 

3. General Sharma and General Pande also held discussion on issues of mutual security concerns during the latter’s office call. Both the Generals alluded to the traditional bond of friendship between the two armies and agreed in further strengthening the relationship. 

4. During the visit, General Pande paid a courtesy call to The Right Honourable Prime Minister and Defense Minister Mr Sher Bahadur Deuba. He attended various program organized at Army Headquarters, visited Nepali Army Command & Staff College, Shivapuri and Nepali Army’s Mid Command Headquarters in Pokhara. 

5. Nepali Army firmly believes that such high level visits will help to further cement the friendship between two militaries and two countries.