प्रधान सेनापति र चीनका महामहिम राजदूतबीच भेटघाट

१. आज मिति २०७९ असोज २६ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र चीनका राजदूत Her Excellency Ms. Hou Yanqi बीच जङ्गी अड्‍डामा भेटघाट भएको छ ।

२. नेपालका लागि मित्रराष्ट्र चीनका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लाग्नु भएको अवसरमा सो भेटघाट भएको हो । उक्त भेटघाटमा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गर्नुभएको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिनु भएको थियो । यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।